शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

माओवादीको स्थायी कमिटी बैठक बस्दै

माओवादीको स्थायी कमिटी बैठक बस्दै

 

 

काठमाडौं पुस १८ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक कमलादीस्थित प्रज्ञा भवनमा बस्ने तयारी भइरहेको छ । सो पार्टीको जारी आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार निर्वाचन प्रक्रिया सुरु भएपनि सहमतिकै आधारमा केन्द्रीय कमिटी चयन गर्ने भन्दै निर्वाचन प्रक्रिया आज दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो ।

यो बीचमा नेताहरुबीच विभिन्न औपचारिक अनौपचारिक छलफल भएका छन् । स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलका अनुसार पहिला केन्द्रीय कमिटी घोषणा गरेर पदाधिकारी समेत घोषणा गर्दा राम्रो हुने सुझाव आएकाले नेतृत्वले त्यसै अनुसारको तयारी गरिरहेको छ । माओवादी विधानमा अध्यक्षसहित १५ सदस्यीय पदाधिकारीको व्यवस्था छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend