शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

जसपा लुम्बिनी प्रदेश अध्यक्षमा अशोक यादव चयन

जसपा लुम्बिनी प्रदेश अध्यक्षमा अशोक यादव चयन

 

 

बुटवल पुस १८। तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीको लुम्बिनी प्रदेश समिति समायोजन भएको छ । दुई पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको एक वर्षसम्म प्रदेश समिति समायोजन हुन नसक्दै पछि पार्टी नै विभाजन भएको थियो ।

समायोजनपछि साविक समाजवादी पार्टीका प्रदेश अध्यक्ष अशोककुमार यादव जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश समितिको अध्यक्षमा चयन भएका छन् ।

समायोजनमार्फत तत्कालीन समाजवादी पार्टी नेपालबाट ८१ जना र राष्ट्रिय जनता पार्टीका ५० जना गरी १५१ जनाको प्रदेश समिति गठन गरिएको अध्यक्ष यादवले जानकारी दिए ।

प्रदेश समितिमा १५ जना पदाधिकारी रहेका छन् । प्रदेश समितिको उपाध्यक्षमा अब्दुल रसिद खान, धनेश्वरी चौधरी, अतिउल्ला मुसलमान, मन्नु चौधरी, राज कुमार चौधरी, राज किशोर मिश्र, बदरुधुजा खान, प्रमुख सचिव यज्ञ प्रसाद पोख्रेल, सचिव लक्ष्मी चौधरी, ठाकुर चौधरी, पन्नेलाल यादव, ओम प्रकाश चौधरी, हिमानी थापा र कोषाध्यक्ष अम्बिका काफ्ले रहेका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend