शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउँछः लक्ष्मी गौतम

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउँछः लक्ष्मी गौतम

 

 

काठमाण्डौं पुष १७ । नेकपा एमालेकी केन्द्रीय कमिटी सदस्य लक्ष्मी गौतमले नेकपा एमालेलाई दुईतिहाई मत ल्याउन अब कसैले रोक्न नसक्ने बताएकी छन् ।

उनले एमाले पार्टी हिजो भन्दा आज झन शक्तिशाली हुदै गएको बताईन । आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने र सरकारको नेतृत्व गर्ने कांग्रेस दोस्रो हुने माधवको समाजवादीले जमानत जोगाउन नसक्ने उनको भनाई छ ।

माधव नेपालले पदको लागि पार्टी फुटाएको र कांग्रेस संग सती जाने नेपाल र उनको अबैध पार्टी कम्युनिस्ट आन्दोलन कै कंलक भएको उनले बताइन ।
नेकपा एकिकृत समाजवादीमा माधव नेपाल संग जाने सम्पूर्ण नेता तथा कार्यकताहरूलाई एमालेमा आएर राजनीति भविष्य सुनिश्चित गर्न अपील गरेकी छन् ।

उनले महिलाहरुलाई जातीय जनसंख्याको आधारमा ५१ आराक्षणको माग समेत गरिन् । महिलाको विकास नभई समाज र राष्ट्रको विकास नहुने उनको भनाई छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend