शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद बीच एकता हुँदै

एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद बीच एकता हुँदै

 

काठमाडौं पुष १५ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद नेपालबीच पार्टी एकीकरण हुने भएको छ । एकीकृत समाजवादीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार उनीहरूबीच भोलि शुक्रबार दिउँसो १ बजे पार्टी एकता कार्यक्रम हुने भएको हो । एकता कार्यक्रम काठमाडौंको होटल अर्यालमा हुने भएको छ ।

यसअघि गत पुस १३ गते नेकपा एकीकृत समाजवादी र नेकपा जनवादी पार्टीबीच एकता भएको थियो । एमालेबाट अलग्गिएर माधव नेपालले बनाएको नेकपा एकीकृतसँग माओवादीबाट अलग्गिएर देवेन्द्रसिंह महता नेतृत्वको नेकपा जनवादीबीच मंगलबार एकीकरण भएको थियो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend