काठमाण्डौं, पुस १५ । सुनसरीका एमाले नेता धर्मराज निरौलाले पार्टी छाडेका छन्। निरौला नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्। एमालेको चितवन महाधिवेशन अघिसम्म निरौला सुनसरी नेकपा एमालेका इन्चार्ज थिए। उनी एमालेका पूर्वकेन्द्रीय सदस्य हुन ।
सुनसरीकै अर्का नेता भीम आचार्यका विश्वासपात्र निरौला आइतबार एकीकृत समाजवादीमा प्रवेश गर्ने स्रोतको भनाइ छ। आइतबार इटहरीमा एक कार्यक्रममा उहाँलाई माधव नेपालले पार्टीमा स्वागत गर्ने कार्यक्रम छ,’ एकीकृत समाजवादी स्रोतले भन्यो।
उनीसहित सुनसरीको एउटा टिम नै नेकपा एकीकृत समाजवादीमा प्रवेशको तयारी भएको स्रोतको दाबी छ। स्रोतका अनुसार निरौलालाई नेकपा एसले पोलिटब्यूरो सदस्यको जिम्मेवारी दिने भएको छ। निरौला सुनसरीका पुराना एमाले नेता हुन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend