काठमाडौं पुस १४। नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक तथा प्रखर राजनीतिक बिश्लेषक बिष्णु प्रसाद शर्माले अब नेपालमा राजसंस्था नफर्किए मुलुक सिक्किमी करण हुने बताएका छन ।
आज खबर ब्रेकिङ संग कुरा गदै उनले यस्तो बताएका हुन । उनले यो बर्तमान अबस्थामा राजसंस्थाको आवश्यक्ता झनै बढेर गएको बताए । उनले मुलुक सिक्किमी करण तर्फ जान बाट रोक्न राजसंस्था फर्काउनु पर्ने बताए ।
उनले नेपालमा राजसंस्था नहुँदा बिकृति बिसंगति र अराजकता बढेर गएको बताए । उनले राजनीतिक दलका नेताहरुभन्दा राजा बढी देशभक्त भएको दाबी गरे । उनले संघीयता देशको लागी घाँडो भएको बताए ।
उनले यति सानो मुलुकलाई संघीयता आबश्यकता नभएको स्पस्ट पारे । यो देशले संघीयता धान्न नसक्ने भन्दै बिश्लेषक शर्माले चिन्ता ब्यक्त गरे । अब देशमा राजसंस्था नफर्किए मुलुक गम्भिर संकटमा फस्ने उनको भनाई छ ।
दलीय ब्यवस्था असफल हुदै गएको र यो ब्यवस्थाबाट मुलुकले निकास नपाउने उनले बताए । अब देश बचाँउने हो भने राजसंस्था फर्काउनु पर्ने कुरामा उनको जोड छ । उनले मुलुकको भाग्य र भबिश्य निर्माणका लागी राजसंस्था उत्तम र उत्कृष्ट हुने बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend