काठमाडौँ पुष १४ । नेकपा एमालेका पोलिट्व्यूरो सदस्य विशाल भट्टराईले एमालेका अध्यक्ष केपी ओली जतिको अडान भएको राजनेता संसारमै नभएको बताएका छन । उनले माधव नेपालले पदको लागि पार्टी फुटाएको र कांग्रेस संग सती जाने नेपाल र उनको अबैध पार्टी कम्युनिस्ट आन्दोलन कै कंलक भएको बताए ।
एमाले विभाजन भएर माधव कुमार नेपालको नेतृत्वमा बनेको नेकपा एकिकृत समाजवादी पदको लागि केही नेता कार्यकर्ताहरु लागे पनि अहिले पनि भोटर जनमत एमालेकै पक्षमा भएकोले आगामी चुनावमा एमालेलाई बहुमत ल्याउनमा कुनै तागतले रोक्न नसक्ने उनले बताए ।
नेकपा एकिकृत समाजवादीमा माधव नेपाल संग जाने सम्पूर्ण नेता तथा कार्यकताहरूलाई एमालेमा आएर राजनीति भविष्य सुनिश्चित गर्न उनले अपील गरेका छन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend