शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

जनसभालाई सम्बोधन गदै उपेन्द्र यादवले गरे यस्तो आग्रह

जनसभालाई सम्बोधन गदै उपेन्द्र यादवले गरे यस्तो आग्रह

 

रुपन्देही पुष १४ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदको अवरोध हटाएर नागरिकता विधेयक पास गर्न एमालेलाई आग्रह गरेका छन् । पार्टीको जिल्ला समिति पश्चिम नवलपरासीले मंगलबार परासीमा आयोजित जनसभालाई सम्बोधन गर्न पुगेका यादवले नागरिकता विधेयक पास गर्नलाई भएपनि संसदको अवरोध हटाउन एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका हुन् ।

संसदमा पेश भएको नागरिकता विधेयक पास हुन नसक्दा जन्मसिद्ध नागरिकका सन्ततीले नागरिकता पाउन नसकेको र मतदाता नामावलीमा समावेश हुन नसकेको उनले बताए । जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकहरुको समेत मतदाता नामावलीमा नाम समावेश नगरेको भन्दै उनले आक्रोश पोखे ।

विगतको ओली सरकारले गरेको गल्ती अहिलेको गठबन्धन सरकारले व्यहोर्नु परेको भन्दै त्यसलाई क्रमशः सुधार्दै लैजाने बताए । राजनीति अस्थिरता र भ्रष्टचार हटाउन संसदिय प्रणाली र निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक रहेको उनले औलाए । पार्टी अध्यक्ष धरेन्द्र यादवको अध्यक्षतामा सम्पन्न सभामा केन्द्रीय सदस्यहरु र जिल्ला नेताहरुले पनि सम्बोधन गरेका थिए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend