काठमाण्डौं पुस १३ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (जनवादी) बीच आज एकता हुने भएको छ। एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य डा विजय पौडेलले दिएको जानकारीअनुसार आज राष्ट्रिय सभा गृहमा कार्यक्रम गरी दुई पार्टीबीच एकीकरण घोषणा गर्न लागिएको हो।
एकता घोषणा कार्यक्रमलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा जनवादीका महासचिव देवन्द्रसिंह महता (डीएस महता) लगायत नेताले सम्बोधन गर्नेछन्। नेकपा जनवादी नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीबाट अलग भई २०७७ मा भूमिगत रूपमा संगठित भएको पार्टी हो।
सरकारसँग शान्ति वार्ता सम्झौता भएसँगै मूलधारको राजनीतिमा प्रवेश गरेको नेकपा जनवादी मंगलबार एकीकृत समाजवादीमा विलय हुने भएको हो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend