शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

देउवाद्वारा प्रचण्डको खुलेर प्रशंसा

देउवाद्वारा प्रचण्डको खुलेर प्रशंसा

 

काठमाडौं पुष १२। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादीका अध्यक्ष प्रचण्डको खुलेर प्रशंसा गरेका छन । उनले संविधानसभाबाट संविधान बन्नुमा प्रचण्डको प्रमुख भूमिका रहेको बताएका हुन । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै देउवाले पुष्पकमल दाहालजीले नेपालको राजनीतिमा धेरै ठूलो योगदान दिएको बताए । ‘प्रचण्डकै बलले हामी संविधानसभामा गएका हौं । संविधानसभाबाट संविधान बनाउने कुरा २००७ सालमा कांग्रेसले गरेको हो, पछिल्लो चरणमा प्रचण्डले लिएकै अडानका कारण संविधानसभाको चुनाव भएको हो’ – उनले भने ।

प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धन कसैको विरुद्धमा नरहेको स्पष्ट पार्दै अहिलेको संविधानअन्तर्गत संसद पूरा समय चलोस् भन्ने पुनीत उद्देश्यले गठबन्धन निर्माण भएको बताए । उनले गठबन्धन पूरा समय चल्ने प्रतिबद्धता जनाउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतलाई यो गठबन्धन आफूविरुद्ध बनाइएको हो कि भन्ने शंका नगर्न आग्रह गरे ।

त्यसैगरी उनले एमसीसीको विरोध गर्नेहरुलाई एमसीसी पढ्न सुझाव दिँदै भने, – ‘राष्ट्रघाती भन्नेले त्यो पनि पढेको छ कि छैन त्यो पनि थाहा छैन मलाई त । पहिला पढ्नुपर्यो एमसीसी कहाँ छ राष्ट्रघाती ? मैले हेर्दा कहीं राष्ट्रघात देखेको छैन, म पनि नेपालको प्रधानमन्त्री हुँ, म राष्ट्रको खिलाफमा जाउँला ? म पनि राष्ट्रका लागि लडेको मान्छे । त्यसकारण तपाईंहरु पढ्नुस्, अध्ययन गर्नुस् ।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend