शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

रिजालले दावीका साथ भने -एमाले एक्लैले १४१ सिट जित्छ

रिजालले दावीका साथ भने -एमाले एक्लैले १४१ सिट जित्छ

 

 

काठमाडौं पुष १२। नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले आगामी निर्वाचनमा नेकपा एमाले एक्लैले १४१ सिट जित्ने दावी गरेका छन् । एक अनलाइन सँग कुरा गर्दै नेता रिजालले एमाले एक्लैले बहुमत ल्याउने दावी गरेका हुन् । उनले भने, ‘आगामी संघीय संसदको निर्वाचनमा जम्मा सिट संख्या २७५ मा नेकपा एमालेले १४१ सिट, नेपाली कांग्रेसले ९३ सिट, नेकपा माओवादी केन्द्रले २१ सिट, मधेसवादी दलहरुले १५ सिट, नेकपा (एकिकृत समाजवादी) ले ४ सिट र अन्यले १ सिट जित्ने मेरो अनुमान छ ।’

एमाले एक्लै १४१ सिट ल्याउने भन्दै नेता रिजालले पाँचदलीय गठबंधनले १३४ सिट मात्र ल्याउने दावी गरे । उनले भने, ‘एमालेले बहुमत ल्याउने छ, कांग्रेस दोस्रो, माओवादी केन्द्र तेस्रो, मधेशवादी दल चौथो, नेकपा (एकिकृत समाजवादी) पाँचौ हुनेछ ।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend