शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

उपेन्द्र यादवले फेरी उठाए संविधान संशोधनको मुद्धा

उपेन्द्र यादवले फेरी उठाए संविधान संशोधनको मुद्धा

 

 

काठमाडौं पुष १२। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले फेरी संविधान संशोधनको मुद्धा उठाएका छन । उनले माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै संविधान संशोधनगर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा जारी माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘विगतमा भएका गल्तीलाई सच्याउनु पर्छ । त्यसको अनुभुति जनताले पाउनु पर्छ’, यादवले भने, ‘देशका आधा जनताले संविधान बन्दा बत्ति बालेका थिएनन् । बत्ती बाल्नेको मात्र होइन सबैको संविधान हुने गरी सहमतिमा संविधान संशोधन गरौं ।’

निकासको थलो रहेको संसद् विपक्षी एमालेले अवरुद्ध गरेको भन्दै असन्तुष्ट पोखेका छन् । ‘माधव नेपाललाई देखाएर संसद अवरुद्ध गरेर हुँदैन’, एमाले शंकर पोखरेलप्रति लक्षित गर्दै उनले भने, ‘अवरुद्ध गर्ने पनि यहीँ हुनुहुन्छ । माधव नेपाल पनि यही हुनुहुन्छ । सबै मिलेर नयाँ समाजको निर्माणमा लागौं। गणतन्त्रको विकल्प छैन । गणतन्त्रबाट नै सबैको समस्या समाधान खोज्नुपर्छ ।’

माओवादी युद्ध र मधेश आन्दोलनबाट गणतन्त्र स्थापना भएको दावी गर्दै यादवले समावेशी, उत्पीडित, अल्पसंख्यक, उत्पीडित समूदायको समस्या समाधान नभए मुलुकले निकास नपाउने दाबी गरेका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend