शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

माओवादीको महाधिवेशन उद्घाटनमा मुख्य दलहरुलाई निम्ता

माओवादीको महाधिवेशन उद्घाटनमा मुख्य दलहरुलाई निम्ता

काठमाण्डौ पुस ११ । नेकपा माओवादी केन्द्रले आजबाट सुरु हुने पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा प्रमुख राजनीतिक दलहरुलाई निमन्त्रणा गरेको छ । यसअघि राष्ट्रिय सम्मेलन भएकाले कुनै पनि दललाई नबोलाउने भनिए पनि महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय भएपछि उद्घाटन सत्रमा अरु दललाई बोलाइएको माओवादीले जनाएको छ ।

उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत दललाई निमन्त्रणा गरिएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैँले फोन गरेर निमन्त्रणा गरेका छन । तर, ओलीले आफू झापामा रहेकाले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन नपाउने जवाफ दिएका छन ।

ओलीले पार्टी महासचिव शङ्कर पोखरेललाई पठाउने जानकारी दिएको प्रचण्डको सचिवालयले जनाएको छ । यसअघि चितवनमा भएको एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा प्रचण्ड सहभागी भएका थिएन । त्यसपछि नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा ओली र प्रचण्डको एकै मञ्चमा भेट भएको थियो । यसैबीच, माओवादी केन्द्रको महाधिवेशनको उद्घाटन दुई घण्टा पर सरेको छ । यसअघि प्रज्ञा प्रतिष्ठानमा दिउँसो १ बजे हुने भनिएकोमा ३ बजेका लागि सारिएको माओवादी केन्द्रले जनाएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend