शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

प्रधानमन्त्री देउवाको भारत भ्रमणका लागि गृहकार्य सुरु

प्रधानमन्त्री देउवाको भारत भ्रमणका लागि गृहकार्य सुरु

k|d b]pjf :jb]z lkmtf{ sf7df8f}F, !* sflQs M k|d z]/axfb'/ b]pjf ;+o'Qm clw/fHosf] Unf:uf]df cfof]lht b'O{lbg] ljZj g]tfx¿sf] lzv/ ;Dd]ngdf ;xefuL eO{ laxLaf/ :jb]z kms{g]qmddf lqe'jg ljdf:yndf . tl:a/ /Tg >]i7÷ /f;;

 

 

काठमाडौं पुस ११ । प्रधानमन्त्री शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री भएपछि छिमेकी मुलुक भारतको पहिलो तीनदिने भ्रमण गर्न लागेका छन्। प्रधानमन्त्री देउवाको भ्रमणका लागि सरकारले गृहकार्य सुरु गरेको छ । देउवा प्रधानमन्त्री भएपछिको यो दोस्रो विदेश भ्रमण हुनेछ । पहिलो भ्रमण जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत कात्तिकमा बेलायत पुगेका थिए ।

प्रधानमन्त्री देउवालाई भारत सरकारले गुजरातको गान्धी नगरमा यही पुस २६ गतेदेखि २८ मा हुने भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा भाग लिन निम्तो पठाएपछि सरकारले देउवाको भ्रमण तयारी गर्न थालेको हो । प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले भने, “भारतीय प्रधानमन्त्रीको निम्तो प्राप्त भएको छ । त्यसअनुसार भ्रमणको आवश्यक गृहकार्य भइरहेको छ ।” कोभिडको पछिल्लो भेरियन्टको भारतमा प्रभाव बढ्दै गइरहेको बेला भ्रमण के हुने भन्ने अन्तिम टुङ्गो भने लागिनसकेको बताइएको छ । भ्रमण हुने निश्चित भएमा यही पुस २५ गते प्रधानमन्त्री देउवा भारत जानेछन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend