काठमाडौं पुस १० । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र माओवादी केन्द्रबीच चाँडै एकता हुने सम्भावना व्यक्त गरेका छन्।
शनिबार सम्पादकहरुसँगको अन्तर्क्रियामा उनले नेकपामा हुँदा आफूहरु सँगै रहेको र अदालतले अनौठो तरिकाले अलग गराएको बताए। ढिलो चाँडो हामी सँगै हुनेछौं, उनले भने। प्रचण्डले माधव नेपालमात्र होइन, बाबुरामलगायत विचार मिल्ने अरूसँग पनि सँगै हुने आफूलाई लागेको बताए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend