शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमाले सचिव रायमाझीले दिए अहिले सम्मकै कडा प्रतिक्रिया, गठबन्धन नै गरेर आए पनि सामना गर्न तयार !

एमाले सचिव रायमाझीले दिए अहिले सम्मकै कडा प्रतिक्रिया, गठबन्धन नै गरेर आए पनि सामना गर्न तयार !

 

 

काठमाण्डौं पुष १० । नेकपा एमालेका सचिब टोप बहादुर रायमाझीले अब फेरी पनि निर्वाचनबाट एमालेले एकल बहुमतको सरकार बनाउने दाबी गरेका छन । उनले एक अनलाइन संग कुरा गदै यस्तो बताएका हुन ।

नेकपा एमाले शक्तिशाली र जनप्रिय पार्टी भएको भन्दै सचिव रायमाझीले कुनै पनि दल मिलेर गठबन्धन नै गरेर आए पनि एमाले सामना गर्न तयार रहेको स्पस्ट पारे । सचिव रायमाझीले नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालको राजनीतिक भबिश्य समाप्त हुन थालेको बताए ।

दाहालको राजनीतिक ग्राफ ओरालो लागेको भन्दै रायमाझीले अब यो देशको राजनीतिमा दाहालले चाहेका कुरा हाबी हुन नसक्ने दाबी गरेका छन । उनले चरम ब्यक्तिवादी सोच र मपाइत्वका कारण दाहालको राजनीति समाप्तीको अन्तिम अबस्थामा पुगेको दाबी गरेका छन ।

एमाले सचिव रायमाझीले काँग्रेस संग गठबन्धन नगरिकन अस्तित्व नै रक्षा गर्न नसक्ने अबस्थामा दाहाल पुगेको बताए । एक्लै चुनाव लडदा अस्तित्व नै समाप्त हुने ठानेर दाहालले काँग्रेसको पुच्छर समातेर बैतर्णी तर्ने प्रयासमा रहेको उनले बताएका छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend