शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै माधव नेपालले यस्तो बताए

कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै माधव नेपालले यस्तो बताए

 

 

काठमाण्डौं पुष ९ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी ओलीकै अहमता र घमण्डका कारण पार्टीमा बेमेलको अवस्था सिर्जना भएको बताएका छन्। उनले ओलीले कम्युनिस्टको खोल ओडेर गफ मात्रै लगाउने गरेको आरोप लगाए । पार्टीको सल्यान जिल्ला कमिटीले शुक्रबार खलंगामा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

जनतालाई आश्वासन दिने तर जनभावनाविपरीत काम गर्ने भएकाले ओली गफाडी मात्रै भएको बताए। अध्यक्ष नेपालले ओलीकै कारण एमाले पार्टीको भविष्य अन्धकार बनेको र सूर्य चिह्नमा ग्रहण लागेको बताए।

पार्टी र देशको विकास, समृद्धिसँगै संविधान र लोकतन्त्रको रक्षाका लागि नेपालमा नेकपा एकीकृत समाजवादी पार्टी वैकल्पिक शक्तिको रूपमा उदाएको उनले बताए। ‘हाम्रो पार्टीले जितेमा देश र जनताको कल्याण हुनेछ,’ उनले भने, ‘पार्टीप्रति नागरिकको आकर्षण बढेको छ, पार्टी पुनर्गठन अभियान देशभर सञ्चालन भइरहेको छ।’

नेपालले आफ्नो पार्टीको चुनाव चिह्न कलम सत्य र न्यायको प्रतीक भएको बताए। ‘अब तपाईंले कलममा भोट हाल्नुपर्छ, कलम सत्य र न्यायको प्रतीक हो,’ उनले भने। आउँदो चुनावमा वामपन्थी र लोकतान्त्रिक शक्तिबीच गठबन्धन हुने बताउँदै उनले दक्षिणपन्थी र राजतन्त्र पक्षधरसँग भने कुनै पनि हालतमा गठबन्धन बन्न नसक्ने ठोकुवा गरे।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend