काठमाण्डौं पुष ८ । पूर्वप्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले गठबन्धन सकार निकम्मा सावित भएको बताएका छन्। बिहीबार पर्साको जगरनाथपुर गाँउपालिकामा आयोजित आमसभा एंव बृहत् पार्टी प्रवेश कार्यक्रमलाइ सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन ।
उनले अहिलेको सरकार जनताले नभएर अदालतको परमादेशबाट बनेको देश र जनतासँग यो सरकारले कुनै मतलब नाराखेको बताए। देशी, विदेशी शक्तिले जालझेल गरी विकासप्रेमी एमालेको सरकार ढालेर आफ्नो केही निहीत स्वार्थका लागि अहिलेको गठबन्धन सरकार बनाएको ओलीको आरोप थियो।
यसअघि आफ्नो नेतृत्वको प्रगतिशिल सकारले देशलाई विकासको बाटोमा अगाडि बढाउँदै गरेको देखेपछि देशी, विदेशी प्रतिगामी शक्तिहरुले सरकारले ढालेको आरोप उनले लगाए।
एमालेको महाधिवेनपछि देशभरि एमाले पार्टीमा प्रवेश गर्ने लहर चलेको दाबी ओलीले गरे। ‘जनताले अब बुझिसकेका छन्, देश बचाउने र देश बनाउने एकमात्र पार्टी एमाले नै हो। त्यसैले अहिले देशभरि एमाले प्रवेश गर्ने लहर नै चलेको छ,ु उनले भने।
उनले अहिलेको पहिलो आवश्यकता आमनिर्वाचन रहेको भन्दै उनले आगामी निर्वाचनबाट मुलुकमा फेरि एमालेको बहुमतको सरकार बन्ने ठोकुवा गरे।
‘एमालेको नेतृत्वमा मात्रै देशको विकास हुनसक्छ। एमाले बिना देश अगाडि बढ्न पनि सक्दैन। यही तथ्य बुझेर अहिले देशभर एमालेको लहर चलेको छ, उनले भने।
कार्यक्रममा पर्साको जगरनाथपुर गाँउपालिकाका अध्यक्ष जालीम मिया अन्सारीसहितका व्याक्तिहरु एमालेमा प्रवेश गरेका थिए। अन्सारी २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेर गाँउपालिका अध्यक्षमा निर्वाचित भएका थिए। त्यसअघि उनी नेपाली कांग्रेसमा आबद्ध रहेर राजनीति गर्दै आएका थिए।
कार्यक्रममा गाँउपालिका अध्यक्ष अन्सारीको नेतृत्वमा पर्साका ५ हजार र अन्य जिल्लाका ५ हजार गरी १० हजार व्यक्ति एमालेमा प्रवेश गरेको एमाले पर्साका सचिव एंव छिपहरमाइ गाँउपालिकाका अध्यक्ष मनोज गुप्ताले दाबी गरे। कार्यक्रममा अध्यक्ष ओलीलाई नवप्रवेशी अन्सारीले १५१ किलोको माला लगाएर स्वागत गरेका थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend