शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

आजको बैठकमा एमसिसी पेस नहुने

आजको बैठकमा एमसिसी पेस नहुने

 

 

काठमाडौं पुष ६ । प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी परियोजना अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पेस नहुने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा एमसिसीअगाडि बढाउन चाहे पनि दलहरूबीच सहमति बन्न नसक्दा अगाडि बढ्न नसकेको हो।

बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको कार्यव्यवस्था परामर्श समिति जारी रहेको सभामुखको प्रेसविज्ञ श्रीधर न्यौपानेले बताए। आजको बैठकमा एमसिसी पेश गर्ने चर्चा भइरहेपनि पेस नहुने स्रोतले बतायो।

आजको बैठकमा यौनहिंसाविरुद्धका केही ऐन संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशलाई स्वीकृतिका लागि पेस हुने सम्भावित कार्यसूची छ।

तर, बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोध भने कायमै राख्ने भएको छ। मंगलबारको बैठकमा पनि विरोधलाई जारी राख्ने एमालेका प्रमुख सचेतक विशाल भट्टराई बताए।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend