काठमाण्डौं पुस २ । हरेक दिनझैं आज (शुक्रबार) पनि मौसमविद्ले चिसोबाट बच्न आम नागरिकलाई सुझाव दिएका छन्। मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभरका नागकिरलाई सतर्कताका लागि अनुरोध गरेको हो।
जसमा भनिएको छ स् सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुनाका साथै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत सबैमा अनुरोध छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend