बिष्णुप्रसाद शर्मा,
नेपाल संयुक्त राष्ट्र संघको एक सदस्य राष्ट्र हो । अत्यन्तै शक्तिको भिडले प्रजातन्त्रको माला जपेर नेपाली खेती किसानीका इलमले आफूलाई गर्भ गर्ने र इमान्दारीको भण्डार भित्र बस्ने बानी भएका जनतालाई पश्चिमेली खुम्रेले गहिरो रुपले आक्रमण गरेर गिठा भ्याकुर सातु र सर्बतको अमूल्य गुणलाई धरासायी नै गराइदियो ।
धर्ममा बिषादी, बिश्वहिन्दु महासंघमा बिषादी, आसन, हेराई, गराई, एत्र तत्र सर्बत्र बिषादी बजारमा भान्छामा बिषादी राजनेताको दिमागमा बिषादी बिषादी खाए पछि अमृत सोच र चिन्तनमा परिणाम कस्तो होला ? यो मेरो गम्भिर प्रश्न हो ।
बोली र बचनमा कसरी अमृतमय हुन सक्छ । रहन, सहन सबै बिषादी भरीएपछि राष्ट्रको हितमा काम गर्नु भन्दा एमसीसी पास गराएर बिदेशी खुशि पार्ने शक्तिहरुको जमातले राष्ट्र कब्जा गरे पछि बिरोध गर्ने जनताको टाउको मात्र होइन, हाडखोर सबै समाप्त पारिदिने छ ।
राष्ट्रको ढुकुटी हिनामिना गरेको होनहार युवाले रेमिट्यान्स् पठाएको रकम र बिदेशिहरुले नेपाल समाप्त गरिसके पछि चीनको स्वायत्त माथि दखल दिनका खातिर अत्याधिक लगानी नेपालमा गराई राखेको अबस्था छ ।
राष्ट्रवादको नारामा सबै नेपालीले साहारा बिहीन भड्काउको अचानोको पीडा जुन बेला मात्रै थाहा पाए त्यो बेलामा राष्ट्रको शान, गौरवताको ईतिहास मेटिसकेको अबस्थाले पराधिनहरुले मुलुकको अस्मितामा दखल पुयाउन नेपाल माथि जुन प्रकारको लगानी भइरहेको छ, एमसीसी लगायतका लालचमा नेपाली माथि बुट बर्जार्ने कामलाई नेपाली काँग्रेसका शेर बहादुर देउवा जस्तो राष्ट्रघाती ब्यक्तिलाई त्यो जत्थाको भिडले सभापतिमा निर्वाचित मात्रै गराएनकी भारतबाट उत्पादन भएको माओवादीका समर्थक र एमाले फुटाएर अबसरवादीहरु संग चिनिने भिडले प्रजातन्त्रको नामले जनताले नबुझेको कागको बथानमा न्याउलीको स्वर छुट्टाउन सकिने थिएन ।
सनातन पूर्णधर्म राष्ट्रको स्वाधिनता र पूर्बजले छोडेको नासोमा पश्चिमेली हलिहरुको भिडमा धमिराले गुँण बनाएर धुँजा धुँजा बनाएको अबस्था छ र राष्ट्रवादी देशभक्त जनता माथि प्रहरीबाट हस्तक्षप गराई दण्डा प्रयोग गराउनु यो बिदेशी चाल भित्रको रणनीति हो । जनता सबै मिलेर यसलाई परास्त गरौं ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend