शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

१४९५ मत गन्दा गगन अगाडि

१४९५ मत गन्दा गगन अगाडि

 

काठमाण्डौं पुष १ । नेपाली कांग्रेसको महामन्त्रीमा १४९५ मत गन्दा गगन थापा र विश्वप्रकाश शर्मा अगाडि देखिएका छन्।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, थापाले ९५५ र शर्माले ६६० मत पाएका छन्। त्यस्तै, प्रकाशशरण महतले ४९१, प्रदीप पौडेलले ४४९, मिनेन्द्र रिजालले २७५ र राजाराम कार्कीले ४६ मत पाएका छन्।

पहिलो र दोस्रो हुने महामन्त्रीमा निर्वाचित हुनेछन्। कांग्रेस महाधिवेशनमा ४६७९ मत खसेको छ। महाधिवेशनमा ४७४३ मतदाता रहेका थिए। आज बिहान १०ः२० बजेदेखि मतगणना शुरू भएको हो।

यसअघि उपसभापतिको पनि सानेपामै मतगणना भएको थियो। उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend