शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

ओली जतिको उत्कृष्ट ‘राजनेता’ संसारमै छैनन्ः रिजाल

ओली जतिको उत्कृष्ट ‘राजनेता’ संसारमै छैनन्ः रिजाल

 

 

काठमाडौं २८ मंसिर । युवा नेता रामप्रसाद रिजालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जतिको उत्कृष्ट राजनेता संसारमा नभएको बताएका छन् ।

जसपाबाट तत्कालिन नेकपामा प्रवेश गरेका नेता रिजाल पछिल्लो समय नेकपा एमाले तर्फ लागेसँगै केपी ओलीलाई राजनेताको संज्ञा दिएका हुन् ।

राजनीतिक अस्थिरता सँगै कहिले कता कहिले कता भौतारिएका नेता रिजालले आफू ओली जस्तो राष्ट्रवादी नेताको काखमा पुगेको बताए । उनले भने, ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनेता हुनुहूँदो रहेछ, म आँखामा पट्टी बाँधेर २ बर्ष त्यसै कुदेछु ढिलै भए पनि मेरो आँखा खुलेको छ ।’

ओली जतिको नेता नेपालमा त के विश्व मै नभएको भन्दै नेता रिजालले भने, ‘म बीचमा अस्थिर भएकै हो , बाटो विराएको थिए सही ठाँउमा पुग्नको लागि बाटो भुलेकै हो । अब ठीक पार्टी सही नेतृत्वमा आए अब कुनै दिन यस्तो आउछ कि स्थिरता र रामप्रसाद रिजाल पर्यायवाची नै हुनेछ ।’

आफू एमाले प्रवेश गर्ने क्रममा अ‍ोलीले आफूलाई सानो गुटबाट विशाल एमाले पार्टीमा प्रवेश गर्नु भयो हाम्रो पार्टीमा अन्तरआत्मा देखि आउनेलाई मरण गर्दैनौं भनेको रिजालले बताए ।

उनले भने, ‘ओली ‘बा’ ले एमाले प्रवेश गर्ने क्रममा मलाई तपाई एउटा सानो गुटबाट विशाल एमाले पार्टी मा प्रवेश गर्नु भयो हाम्रो पार्टी मा अन्तरआत्मा देखि आउनेलाई मरण गर्दैनौं भन्नु भयो । तपाईलाई म न्याय दिन्छु ओलीसँग आउनु भएको छ भन्नु भयो ।’

एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा एकिकृत समाजवादी पदको लागि केही नेता कार्यकर्ता हरु लागे पनि अहिले पनि भोटर जनमत एमालेकै पक्ष भएकोले आगामी चुनाव मा एमालेलाई बहुमत ल्याउनमा कुनै तागतले रोक्न नसक्ने रिजालले बताए ।

रामकुमारी झाँक्री हरुले चर्को भाषण गर्दैमा संगठन विस्तार नहुने भन्दै उनले एमालेको जस्तो संगठन भएको पार्टी नेपाल(खनालको समाजवादी हुन नसक्ने बताए । उनले भने, ‘आगामी चुनावपछि नेपाल(खनालको पार्टी नै रहदैन ।’

माधव नेपालले पदको लागि पार्टी फुटाएको र कांग्रेस संग सती जाने नेपाल र उनको अबैध पार्टी भएको बताए । नेकपा एकिकृत समाजवादीमा माधव नेपालसँग जाने सम्पूर्ण नेता तथा कार्यकता हरूलाई एमालेमा आएर राजनीति भविष्य सुनिश्चित गर्न नेता रिजालले अपील गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend