काठमाडौं २७ मङ्सिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदानमा भाग नलिने भएका छन्। सोमबार बिहानबाट नयाँ नेतृत्वका लागि जारी मतदान प्रक्रियामा उनले भाग नलिने भएका हुन्।
पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारी अहिलेको अस्वस्थ प्रतिस्पर्धाप्रति नेता पौडेलले असहमति जनाएको बताए। अधिकारीले भने ‘अहिलेको कांग्रेसमा अस्वस्थ प्रतिस्पर्धा छ। अस्वस्थ प्रतिष्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट बाहिरिएको हुँ भन्नु भएको छ।’
पौडेलले कसलाई समर्थन गर्ने अहिलेसम्म खुलाएका छैनन्। पौडेलले प्रतिस्पर्धाबाट आफू बाहिरिएपनि आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पधाको आदर्श र मूल्यलाई जोगाउन कार्यकर्तालाई आह्वान गरेको पौडेललाई उदृत गर्दै अधिकारीले बताए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend