शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

रिजाल पुगे ओलीको शरणमा

रिजाल पुगे ओलीको शरणमा

 

 

काठमाण्डौं २७ मंसिर । भर्खरै नेकपा एकिकृत समाजवादी परित्याग गरि नेकपा एमालेमा प्रबेश गरेका युवा नेता राम प्रसाद रिजालले आफू ओली जस्ता राजनेताको शरणमा आएको बताएका छन । आज खवर बे्रकिङ संग कुरा गदै सो कुरा बताएका हुन । उनले भने, ‘मेरो मरण गर्दिन भन्नु भाको छ केपी बाले वहाँ हामी सबैको देशभरकै बा अभिभावक हुनुहुन्छ मलाई ग्रह दशा लागेर माधव नेपाललाई पच्छाएछु म यत्रो दिन निद्रामै बोलीरहेको रहेछु ।”

उनले आफू व्युझिएर सही पार्टी, सही नेता समाएको बताएका छन । उनले आफू एमालेको कार्यकर्ता भएपछि राजनीतिक युद्ध जितीसकेको बताए । उनले भने,’ म व्युझिएर सही पार्टी सही नेता समाउदा सही निर्णय गर्दा प्रतिगामीहरु कुलदोर्हीहरु मनपरि मलाई लेखिरहेका छन बोलीरहेका छन मलाई गिज्याईरहेका छन रूइरहेका छन सत्यको न्यायको बाटो समाएको छु म एमालेको कार्यकर्ता भएपछि मैले राजनीतिक युद्ध जितीसकेको छु पार्टीलाई छोडेर कांग्रेसको खुट्टा ढोग्न जानेहरु पार्टी छोडेर शरणार्थी भएकाहरुले सूर्य चिन्ह लाई लिलामी गरेर कलम भएकाहरुको कलमको मसी अबको निर्वाचन मार्फत जनताले सुकाउछन मात्र होइन कलमनै भाच्ने छन ।”

उनले ओलीलाई आफनो बुवा सम्मानको बताउँदै खुट्टा ढोग्दा पनि फरक नपर्ने बताए । उनले भने, ‘मलाई सामाजिक सञ्जालमा ओलीको दास भनीरहेका छन ।खुसी लागेको छ ।महामानव साक्षात भगवान नेपाली जनताकै अभिवावक ओली ज्यू र नेकपा एमालेको म दास हुन एमालेमा आएकै हो मेरो बुवा सम्मान को हुनुहुन्छ ओली बा वहांको खुट्टा ढोग्दा पनि मैले हुन्छ फरक पर्दैन ।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend