काठमाण्डौं २६ मंसिर । नेकपा एमालेले आइतबार ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ। केन्द्रीय कमिटीमा रहेका १९ जना पदाधिकारी स्वतः स्थायी कमिटीमा रहने भएकाले अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीमा नअटाएका शीर्ष नेताहरूलाई यसमा थपेका छन्। भक्तपुरमा दुई दिनदेखि जारी एमालेको केन्द्रीय कमिटी बैठकले ४५ सदस्यीय स्थायी कमिटीलाई पूर्णता दिएको हो।
जसमा रघुजी पन्त, मणि थापा, राजन भट्टराई, राजेन्द्र गौतम, कर्णबहादुर थापा, भीम आचार्य, हिक्मत कार्की, बिन्दा पाण्डे, डा। शिवमाया तुम्वाहाङ्फे र शेरबहादुर तामाङसमेत अटाएका छन्। महाधिवेशनका बेला ओलीले पदाधिकारी सूचीमा नराखेको भनेर विरक्तिएका लालबाबु पण्डितलाई पनि स्थायी कमिटीमा समेटिएको छ। तर त्यो सूचीमा भीम रावलको नाम छैन।
एमाले स्थायी कमिटी
केपी शर्मा ओली
ईश्वर पोखरेल
अष्टलक्ष्मी शाक्य
युवराज ज्ञवाली
रामबहादुर थापा
विष्णु पौडेल
सुरेन्द्र पाण्डे
सुवासचन्द्र नेम्वाङ
शंकर पोखरेल
पृथ्वी सुब्बा गुरुङ
प्रदीप ज्ञवाली
विष्णुप्रसाद रिमाल
गोकर्ण विष्ट
छविलाल विश्वकर्मा
टोपबहादुर रायमाझी
पद्मा अर्याल
योगेश भट्टराई
रघुवीर महासेठ
लेखराज भट्ट
थपिएका सदस्य
घनश्याम भुसाल
गुरु बराल
देवराज घिमिरे
भीम आचार्य
लालबाबु पण्डित
खगराज अधिकारी
किरण गुरुङ
काशीनाथ अधिकारी
रघुजी पन्त
भानुभक्त ढकाल
मणिचन्द्र थापा
शेरधन राई
कृष्णगोपाल श्रेष्ठ
यमलाल कँडेल
अग्नि खरेल
प्रभु साह
डा राजन भट्टराई
सीता पौडेल
बिन्दा पाण्डे
गोरखबहादुर बोगटी
कर्णबहादुर थापा
राजेन्द्र गौतम
थममाया थापा
शेरबहादुर तामाङ
डा शिवमाया तुम्वाहाङ्फे
हिक्मत कार्की
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend