शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

नेपालगञ्ज पुगेर उपेन्द्र यादवले के बोले त्यस्तो, उनको भाषण नै बन्यो भाइरल !

नेपालगञ्ज पुगेर उपेन्द्र यादवले के बोले त्यस्तो, उनको भाषण नै बन्यो भाइरल !

 

नेपालगञ्ज २६ मंसिर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेस विद्रोहका कारण नेपालमा गणतन्त्र, समावेशीकरण, संघीयता आएको दावी गरेका छन्।

नेपालगञ्जमा भएको बृहत अगुवा कार्यकर्ता भेला एवं अभिमूखिकरण कार्यक्रममा अध्यक्ष यादवले मधेस विद्रोह नभएको भए नेपालमा गणतन्त्र नै नआउने दाबी गरे।

अध्यक्ष यादवले थपे, ‘मधेस जनविद्रोहले गर्दा नेपालमा गणतन्त्र, समावेशीकरण र संघीयता आएको हो। त्यसमा माओवादीको आन्दोलनले केही सहयोग गरेको हो।’

अध्यक्ष यादवले नेपालमा भएका आन्दोलनहरुले सत्ता परिवर्तन गरे पनि मधेस विद्रोहले शासन प्रणाली नै परिवर्तन गरेको बताए। ‘नेपालमा विभिन्न समयमा जनआन्दोलन भए। ती सबै आन्दोलनले सत्ता परिवर्तन गरे,’ अध्यक्ष यादवले भने, ‘मधेस जनविद्रोहले मात्रै शासन प्रणाली परिवर्तन गरेको छ।’

नेताहरु मोहम्मद इस्तियाक राई, कमरुद्दिन राईलगायतले मधेसी जनताको अधिकारका लागि जसपा लडिरहेको दावी गरका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend