शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमालेमा रिजालले पाउने भए ठूलै जिम्मेवारी !

एमालेमा रिजालले पाउने भए ठूलै जिम्मेवारी !

 

 

काठमाडौं  २६ मंसिर । नेकपा एकिकृत समाजवादी पार्टीबाट राजीनामा दिएर भर्खरै नेकपा एमालेमा प्रबेश गरेका युवा नेता राम प्रसाद रिजालले एमालेमा ठूलै जिम्मेवारी पाउने भएका छन ।

केहि दिन अघि एमालेका अध्यक्ष केपी शर्मा ओलीले रिजाललाई खादा र अबिर लगाइदिएर एमालेमा प्रबेश गराएका हुन ।  स्रोतका अनुसार प्रखर बक्ता रिजालले एमालेमा ठूलै जिम्मेवारी पाउने भएका छन ।

राजनीतिमा स्थिरता नभएको भनेर बेला बेलामा उनको आलोचना भइरहने पनि गरेको छ । उनी राजनीतिका चर्तुर खेलाडी पनि हुन ।

उनलाई एमालेमा जिम्मेवारी दिने बिषयमा गम्भिर गृहकार्य भइरहेको स्रोतले बताएको छ । युवा नेता रिजालले दिएका अभिब्यक्तिले बेला बेलामा चर्चा पाउने गरेको छ । कहिले एमाले कहिले समाजवादी भन्दा उनको समर्थन र बिरोधमा सामाजिक संजालमा टिका टिप्पणी हुने गरेका पनि छन ।

एमालेले रिजालको योग्यता र क्षमता हेरेर महत्वपूर्ण जिम्मेवारी दिने तयारी गरिरहेको स्रोतले जनाएको छ । रिजाल संग यो बिषयमा कुराकानी गर्न खोज्दा केही बताउन चाहेनन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend