शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमालेको अधिवेशन निभ्ने बेलाको बत्तिः प्रचण्ड

एमालेको अधिवेशन निभ्ने बेलाको बत्तिः प्रचण्ड

फाइल तस्बिर

 

काठमाडौं २५ मंसिर। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले आगामी राष्ट्रिय सम्मेलनबाट २१औँ शताब्दीलाई सुहाउँदो नयाँ विचार लिएर आउने र पार्टीलाई विचारमा सशक्त बनाउने दाबी गरेका छन । एमाले र कांग्रेसको अधिवेशन विचार र सिद्धान्तबारे छलफल गर्ने नभई भिड जम्मा गर्ने थलोको रूपमा रहेको टिप्पणी गरे । शनिबार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले एमाले र कांग्रेसको अधिवेशनमा विचार र सिद्धान्तको बहस नभएको टिप्पणी गरे ।

ू‘अरू पार्टीले ठुलठुला अधिवेशन भनेर भिड जम्मा गर्ने गरेका छन् । तपाईं हामीले देख्यौँ, एमाले नामको अधिवेशन पनि देख्यौँ । अहिले कांग्रेसको अधिवेशन चलिराखेको छ । एमालेको अधिवेशनलाई त मैले पञ्चर्‍याली भन्दा अरू देख्दिनँ । त्यो बिल्कुल पञ्चर्‍याली, सिद्धिने बेलाको, निभ्ने बेलाको बत्ति भन्याजस्तो मात्रै हो त्यो । त्यहाँ न कुनै विचार, न कुनै बहस, न कुनै विधि, न कुनै पद्धती, निरंकुशताको, विचार शून्यता र विचार हिनताको अधिवेशनको रूपमा गयो त्यो । दुनियाँले देख्यो,ू उनले भने ।

उनले अहिले चलिरहेको नेपाली कांग्रेसको अधिवेशनमा पनि राष्ट्र कस्तो बनाउने र समाजवादउन्मुख राज्य कसरी बनाउने भन्ने सम्बन्धमा बहस नगरिएको भन्दै आलोचना गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend