काठमाडौं २४ मंसिर । काठमाडौंको भृकुटीमण्डपमा आज दिउँसो १ बजे नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन हुँदैछ।
महाधिवेशनमा कांग्रेसले अन्य पार्टीका नेताहरुलाई पनि बोलाएको छ। उद्घाटन कार्यक्रममा शुभकामना दिन सत्ता साझेदर दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ सहभागी हुने भएका छन्।
पार्टीको तर्फबाट प्रचण्ड आफैं सहभागी हुने उनका स्वकीय सचिव रमेश मल्लले बताए। यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल महाधिवेशनमा सहभागी हुने भएका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल महाधिवेसनमा सहभागी हुने जनाइएको छ।
यस्तै प्रमुख प्रतिपक्ष नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली महाधिवेशनमा सहभागी हुने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
यस्तै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन पनि कांग्रेस महाधिवेशनमा सहभागी हुने भएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend