फाइलफाइल
काठमाडौं, २३ मंसिर । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन गरेपछि हुने आमचुनावबाट पार्टीलाई सबैभन्दा ठूलो बनाउने बताएका छन्।
सहमहामन्त्री प्रकाशशरण महतले लेखेको पुस्तक विमोचन गर्दै आज देउवाले शुक्रबारदेखि पार्टीको १४ औं महाधिवेशन रहेको र उक्त महाधिवेशनलाई सफल बनाउन सबै लाग्नुपर्ने बताए।
‘महाधिवेशन सकेर यो पार्टीलाई बलियो बनाएर आमचुनावमा सबैभन्दा ठूलो पार्टी, बहुमतकै पार्टी बनाउने काममा सबै लाग्नुहोला,’ देउवाले भने।
उनले पार्टीलाई ठूलो बनाउने काममा सबै नेता तथा कार्यकर्ता लाग्नेमा विश्वास पनि व्यक्त गरेका थिए।
उनले महाधिवेशनमा सकेसम्म सहमतिमै नेतृत्व चयन गरिने र सहमति नभएमा प्रतिस्पर्धा गरिने बताए। ‘प्रतिस्पर्धाबाट हुने जित, हारलाई हार्नेले जित्नेलाई सहयोग गर्ने र जित्नेले हार्नेका कुरा पनि सुनेर जानुपर्छ,’ उनले भने।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend