सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ओली भन्दा कमल थापा नै घातक

ओली भन्दा कमल थापा नै घातक

बिष्णु प्रसाद शर्मा,

 

सन १९५५ मा नेपालले संयुक्त राष्ट्र संघको सदस्यता पाउनका लागी आवेदन गर्‍यो  । सन १९५६ मा नेपालले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गर्‍यो । स्वतन्त्र सार्वभौम अस्तित्व कायम गराएर आफ्नै पौरखले देश बिकास गर्ने अठोट श्री ५ महेन्द्रको साहसी अठोटले सफलता प्राप्त गर्‍यो  ।

श्री ५ पृथ्वीनारायण शाहको इच्छा आकांक्षा सबै पूर्णरुपले पुरा नभएता पनि नेपालको परम्परा, धर्म, संस्कृति,  अष्टचिरञ्जीवि,  अष्टमातृका र ३३ कोटी देबीदेवताको बास स्थानका रुपमा हिन्दु अधिराज्य नेपाल बिश्वको एक मात्र राष्ट्र रहेको थियो ।

पश्चिमाहरुले भारतलाई निलिसकेपछि नेपाललाई केही समयमै चपाउने योजना रहेकोमा साहसी र पराक्रमी श्री ५ पृथ्वी नारायण शाहको बुद्धिमत्ताले सफल हुन सकेन । पश्चिमाहरुले निरन्तर प्रयास गरिरहे, गरिरहे हिन्दु अधिराज्य र राजसंस्थालाई हटाएर  तेजोबध गराउन सफल भएता पनि नेपाली जनता र देबी देवतालाई छुन सकेनन् । उनीहरुले प्रोजेक्ट मार्फत बिकासका नाममा लगानी गदै गए ।

प्रोजेक्ट असफल गराउन पछाडीवाट बिरोध गर्नमा लगानी गरिरहे । वकिलहरु न्यायधिश र बरिष्ठ बन्न नारा जुलुस गर्न थाले । अदालतमा लगानी गरेर एक सय सात समिती मार्फत न्यायलय ध्वस्त गराइसके । दलमा आबद्ध हुनेहरुको कमाई राम्रो छ भने देश सखाफ भइसकेको छ । अब चीनलाई दखल पुयाउने र भद्रकालीलाई समाप्त गराउने योजनामा पश्चिमाहरु लागीपरेका छन ।

चितवन महाधिवेशनमा राष्टको सम्पति ठूलो स्वा गराएर ओली अध्यक्षमा बिराजमान भए बधाई छ । हिन्दु अधिराज्य र राजसंस्थाका लागी भने कमल थापा घातक हुन । ओली भन्दा कमल थापा नै घातक  हुन । चेतना भया !

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend