शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

पत्रकार सन्तोष न्यौपाने कांग्रेसको नेता बन्दै

पत्रकार सन्तोष न्यौपाने कांग्रेसको नेता बन्दै

 

काठमाडौं । पत्रकार सन्तोष न्यौपाने पनि कांग्रेसको नेता बन्दैछन् । कांग्रेसको १४ औं महाधिवेशनमा उनी महाधिवेशन प्रतिनिधि बन्ने दाउमा छन् ।
झण्डै २५ वर्षअघिबाट पत्रकारिता थालेका उनी कांग्रेसनिकट नेपाल प्रेस युनियनका पनि नेता हुन् । उनी राष्ट्रिय समाचार समिति (रासस) को पनि बोर्ड सदस्य भइसकेका छन् । विभिन्न टेलिभिजनमा अन्तरवार्तासँगै कार्यक्रम पनि सञ्चालन गर्दै आएका उनले काठमाडौंको क्षेत्र नम्वर ६ को (क) प्रदेशबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिने भएका छन् । ‘हाम्रो परिवार नै कांग्रेस हो त्यसैले पनि कांग्रेससँग मेरो पुरानो नाता छ’ उनले भने ‘मैले कांग्रेसको लागि ठूलो योगदान दिएको छु, पटक पटक भएका प्रतिगमनविरुद्ध आन्दोलनमा पनि सक्रिय भएको छ ।’ अरु धेरै पत्रकारहरु महाधिवेशन प्रतिनिधि भएको बेला न्यौपानेले पनि आफू स्वाभाविक दाबेदार भएको बताएका छन् । उनले पत्रकारिता र राजनीतिलाई सँगै लाने जनाएका छन् ।
उनले आफ्नो योगदानको कदर गर्दै प्रतिनिधिहरुले मतदान गर्ने विश्वास गरेका छन् । कांग्रेसले आफूलाई समयसापेक्ष सुधार गर्दै लैजानुपर्छ भन्ने उनी आगामी निर्वाचनबाट कांग्रेस पहिलो पार्टी बन्ने दाबी गर्छन् । सबैसँग राम्रो सम्बन्ध भएका उनी देशको निकासको लागि कांग्रेसको विकल्प नभएको भन्दै आएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend