शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

ओखलढुंगालाई कांग्रेसको किल्ला बनाउने छौँः खतिवडा

ओखलढुंगालाई कांग्रेसको किल्ला बनाउने छौँः खतिवडा

  • शुक्रबार, २६ कार्तिक २०७८

 

 

लिखु । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कांग्रेसलाई कसैले पनि हराउन नसक्ने बताएका छन् । ओखलढंगाको लिखु–५ मा बिहीबार पार्टीका नेता कार्यकर्ताहरूसँगको भेटघाटका क्रममा नेता खतिवडाले यस्तो बताएका हुन । उनले मिलेर जान सक्यौँ भने केपी ओली, प्रचण्डहरूले पनि हराउन नसक्ने बताए ।

‘महाधिवेशनको भोलिपल्ट पनि कांग्रेस बलियो हुनुपर्छ । महाधिवेशनमा खटिए झैँ चुनावमा खट्ने हो भने कांग्रेसलाई हराउने तागत कसैको पनि छैन’, उनले भने, ‘केपी ओली, प्रचण्ड होइन कुनै मनमोहन फेरि ब्युँझिएर आए पनि कांग्रेसलाई हराउन सक्दैन ।’

उनले भने, ‘कांग्रेसको नेतृत्वमा ओखलढुंगामा जिल्ला समन्वय समिति गठन गरेका छौँ । ८ वटा स्थानीय तहमा जितेर पनि केन्द्र र प्रदेशमा चुनाव हार्ने अवस्थामा पुग्यौँ ।’

‘यो अवस्थामा कांग्रेसको अधिवेशन सुरु भएको छ । हामी महाधिवेशनमा भोट माग्न मात्रै आएका छैनौँ’, खतिवडाले भने, ‘कांग्रेस अब दह्रो बन्नुपर्छ, बलियो बन्नुपर्छ, एकताको कांग्रेस बन्नुपर्छ ।’

उनले भने, ‘कांग्रेसले कांग्रेसलाई हराउने दिन सक्किए । कांग्रेसले जित्नुपर्छ भनेर तपाईहरूको घरमा आएका छौं । हामी सबै मिल्दा पनि हारेको ओलखढुंगालाई कांग्रेसको किल्ला बनाउने छौँ ।’

नेता खतिवडाले भने, ‘महाधिवेशनको भोलिपल्ट पनि कांग्रेस बलियो हुनुपर्छ । पार्टीका साथीहरूको आलोचना गर्ने पक्षमा छैन । भोलिका दिनमा हामी सबै मिलेर जानुपर्छ ।’

‘पार्टीको आन्तरिक अधिवेशन हो । अधिकांश स्थानमा सर्वसम्मत गर्नुभएको छ’, खतिवडाले भने, ‘कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ । राम्रो नेतृत्व चयन गर्नुपर्छ । कांग्रेस कमजोर बनाउने अधिकार कसैलाई छैन ।’

कांग्रेसका प्रतिनिधिहरूसँग युवा नेता खवितडाले आफ्नो समूहको तर्फबाट सभापतिमा उम्मेदवार बनेका तेजेन्द्र खनाललाई भोट दिएर विजयी बनाउन आग्रह गरे । खतिवडाले खनाल समूहका अन्य सबै उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेको उनका स्वकीय सचिव हुकुम राईले जानकारी दिएका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend