काठमाण्डौं । नेकपा एकिकृत समाजवादीका भाइरल नेता राम प्रसाद रिजालले भीम रावल, योगेश भट्टराई लगाएतका नेताहरुले नै एमाले पार्टी फुटाएको आरोप लगाएका छन । धेरै पछि भाइरल रिजालले यस्तो कुरा बताएका हुन ।
कार्यदलका अधिकांस सदस्यहरु ओली प्रति लम्पसार परी पार्टीलाई विधिः विधानमा हिडाएर बलियो बनाउने भन्दा पनि पार्टी एकताको नाममा ओलीसंग व्यक्तिगत डिलिङ्ग गरेकोले वार्तालाई पार्टी एकता भन्दा आफ्नो व्यक्तिगत मनोकांक्षा पुरा गर्न तल्लिन भएको रिजालको भनाई छ ।
नेपाल पक्षका कार्यदलका सदस्यहरु ओलीलाई पार्टी विभाजन गर्न झन हौसाएकोले ओली पार्टी एकता नगर्ने मनशायले एक पक्षीय ढंगले महत्वपूर्ण निर्णय गरी माधव नेपाल र झलनाथ पक्षलाई एमालेमा छिर्ने झ्याल ढोका नै ओलीले बन्द गरेर एमाले विभाजन गरेको रिजालको तर्क छ । उनले एमालेलाई सर्वहाराको पार्टी नभएर सर्वहारालाई लुट्ने, ठग्ने , सामन्तीहरूको पार्टी भनेर आरोप लगाएका छन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend