काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा समसायिक राजनीतिक विषयवस्तु, दैनिक प्रशासनिक कामकारबाहीलगायत नियमित एजेन्डामै छलफल हुने स्रोतको भनाइ छ। कोप–२६ मा भाग लिएर स्वदेश फर्किएपछि आज प्रधानमन्त्री देउवाले पहिलोपटक मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। आजको बैठकमा विभिन्न निर्णय हुने बताइएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend