शनिबार, कार्तिक १५ २०८३

शनिबार, कार्तिक १५ २०८३

आफ्नो दलको गम्भीर आपत्ति र विरोध, ओलीले पठाए प्रधानमन्त्रीलाई यस्तो सन्देश !

आफ्नो दलको गम्भीर आपत्ति र विरोध, ओलीले पठाए प्रधानमन्त्रीलाई यस्तो सन्देश !

 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भेट गरेका छन । आज (मंगलबार) भएको भेटमा मन्त्री कार्कीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ओलीले सन्देश पठाए । उनले कानुन मन्त्रीसँगको भेटमा राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर फिर्ता गरिएको घटनाप्रति आफ्नो दलको गम्भीर आपत्ति र विरोध रहेको सन्देश पठाएका हुन ।

पूर्वप्रधानमन्त्री ओलीले वर्तमान सरकारले पार्टी फुटाउने प्रयोजनका लागि नै राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको बताए । गत भदौ २ गते सरकारले जारी गरेको उक्त अध्यादेश हिजो असोज ११ गते फिर्ता लिइएको छ । यसलाइ अध्यक्ष ओलीले बिल्कुलै असंवैधानिक, षडयन्त्रपूर्ण र बदनियतपूर्ण रहेको पुष्टि भएको बताए ।

‘चलिरहेको संसद् मध्यरातमा हठात् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलका विरुद्धको षडयन्त्र थियो, जुन संविधान विपरीत थियो,’ ओलीले भने , ‘अहिले संसद् अधिवेशन चालु छ । त्यो अध्यादेश प्रतिस्थापन गर्न संसदलाई सरकारले सूचित गरिसकेको अवस्था छ । कानुन बनाउने, संशोधन गर्ने र खारेज गर्ने अधिकार र काम संसद्को हो । संसद् चालु रहेका बेला कानुन निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसद् बाहेक अन्यत्रबाट हुन सक्दैन ।’

उनले संसद्को अधिवेशन चालु नरहेको अवस्थामा तत्काल देशलाई आवश्यक परेको अवस्थामा मात्र सम्माननीय राष्ट्रपतिबाट अध्यादेश मार्फत कानुनसम्बन्धी काम हुन सक्ने बताए । तर हाल संसद् अधिवेशन चालु रहेकै बेला संसद्मा प्रस्तुत विधेयकको वास्ता नगरी, संसद्को मानमर्दन गर्दै जारी गरिएको अध्यादेश खारेजीको सूचना असंवैधानिक, गैरकानुनी र दुःषित मनसायबाट अभिप्रेरित, दलीय व्यवस्था र प्रमुख प्रतिपक्षी दल विरुद्धलक्षित रहेको उनको भनाइ छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend