आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

युवा नेता श्रीधर खनाल रुपन्देहीबाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस

युवा नेता श्रीधर खनाल रुपन्देहीबाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस

 

१३ पुष, काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि युवा नेता श्रीधर खनाललाई रुपन्देही निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस गरेको छ। पार्टीको सम्बन्धित कमिटीको बैठकले लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदै आएका खनाललाई योग्य र सम्भावनाशील उम्मेदवार ठहर गर्दै सिफारिस गरेको हो।

अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका वाङलामा जन्मिएका खनालको रुपन्देहीमा घरजग्गा रहेको छ। हाल उनी काठमाडौँ महानगरपालिका नयाँबानेश्वर, थापागाउँमा बसोबास गर्दै आएका छन्। सामाजिक र राजनीतिक गतिविधिमा निरन्तर सक्रिय खनालले जनआधारित राजनीतिलाई प्राथमिकतामा राख्दै आएका छन्।

खनाल विभिन्न देशको भ्रमण गरिसकेका अनुभवी नेता हुन्। अन्तर्राष्ट्रिय भ्रमणका क्रममा उनले विभिन्न राजनीतिक अभ्यास, विकास मोडेल र सामाजिक संरचनाको अध्ययन गरेको बताइन्छ, जसले उनको राजनीतिक दृष्टिकोणलाई थप परिपक्व बनाएको पार्टी नेताहरूको भनाइ छ।

पार्टीभित्र स्पष्ट विचार, संगठनप्रतिको प्रतिबद्धता र युवामाझ राम्रो पकड बनाएका खनालको उम्मेदवारीले रुपन्देहीमा कम्युनिष्ट आन्दोलनलाई थप सशक्त बनाउने विश्वास गरिएको छ। पार्टीले औपचारिक उम्मेदवारी टुंगो लगाउने प्रक्रिया अघि बढाइरहेका बेला खनालको नाम सिफारिस हुनु रुपन्देहीको चुनावी राजनीतिमा चासोको विषय बनेको छ। प्रत्यक्षतर्फ सिफारिस उम्मेदवारहरूमा रुपन्देहीबाट श्रीधर खनाल, प्यूठानबाट रविन्द्र के सी र बाँकेबाट तेज रेग्मी रहेका छन्।

यसैगरी, अन्य सिफारिस उम्मेदवारहरूमा गीता गहतराज, कमला कुमारी माण्डव्य, उदयराज अधिकारी, चित्रबहादुर घर्ती मगर, शुभिला चौधरी, तिलक राज बीके , विद्या राज पाण्डे, फूलमान परियार र दुर्गा रिजाल रहेका छन्।

संघीय सम्पर्क समितिका इन्चार्ज गीता गहतराज र संयोजक उदयराज अधिकारीले हस्ताक्षर गरेको पत्रमार्फत सिफारिस सूची केन्द्रमा पठाइएको छ। पार्टीले यसरी सिफारिस गरेका उम्मेदवारहरू अन्तिममा केन्द्रको अनुमोदनपछि मात्र प्रत्यक्षतर्फ उम्मेदवार बन्नेछन्।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend