आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँः पोखरेल

पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँः पोखरेल

 

५ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेताहरूले पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टीको ११ औँ महाधिवेशनमा अध्यक्षका प्रत्याशी ईश्वर पोखरेल पक्षको समीक्षा भेलामा सहभागी नेताहरूले नेतृत्व हस्तान्तरण, जनताको बहुदलीय जनवादको आधारमा पार्टी निर्माण र आन्तरिक लोकतन्त्रको अभ्यासलाई निरन्तर अघि बढाउने बताएका हुन्।

भेलामा नेतृ अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र योगेश भट्टराईलगायतले महाधिवेशनको मतपरिणामका कारण विचलित नहुने र विधानभित्र रहेर पार्टी पुनर्गठन तथा सुधारका मुद्दा उठाइरहने बताएका थिए।

भेलाले महाधिवेशनका विभिन्न पक्षबारे देशव्यापी समीक्षा गर्ने निर्णयसमेत गरेको उपमहासचिव योगेश भट्टराईले जानकारी दिए। उनका अनुसार प्रतिनिधि छनोटदेखि बन्दसत्र सञ्चालनसम्मका प्रक्रियाबारे छलफल भएको र कतिपय सन्दर्भमा लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठेका विषयमा पनि गम्भीर समीक्षा गरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend