काठमाडौं १५ पुष । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रवार भएको उक्त भेटवार्तामा सरकार विस्तार, सरकारको नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रमुख सत्ता साझेदार दलको बिहीवार बसेको बैठकले सरकारको न्यूनतम कार्यक्रम तय गर्न एमाले अध्यक्ष ओलीको संयोजत्कवमा एक कार्यदल गठन गरेको थियो। कार्यदलले पाँच दिनभित्र सरकारको न्यूनतम नीति तथा कार्यक्रम बनाउने तयारी गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend