सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

एमालेले नवनिर्वाचित सांसदहरुको भेला बोलायो

एमालेले नवनिर्वाचित सांसदहरुको भेला बोलायो

काठमाडौं ४ पुस । नेकपा एमालेले नवनिर्वाचित प्रतिनिधि तथा प्रदेश सभा सांसदहरुको भेला बोलाएको छ। भेला मंगलबार प्रज्ञा भवन कमालादीमा बोलाइएको हो।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार प्रतिनिधि र प्रदेश सभामा एमालेका सांसदहरुले निभाउनु पर्ने भूमिकाका विषयमा भेलामा छलफल हुनेछ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शिर्ष नेताहरुले भेलालाई सम्बोधन गर्ने तय भएको छ। एमालेले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिक ३४ गरी ७८ सिट जितेको छ। प्रदेश सभामा प्रत्यक्ष ९१ र समानुपातिकमा ७० सिट हासिल गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend