ललितपुर । जनप्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो पाँचौ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। ललितपुर जिल्ला सहकारी संघका व्यवस्थापक सन्तोष बजगाईको उपस्थितिमा संस्थाको कार्यालय , कुमारीपाटी,ललितपुरमा उक्त साधारणसभा सम्पन्न भएको हो।
साधारणसभाले संचालक समितिको तर्फबाट प्रस्तुत गरिएको संस्थाको वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। आर्थिक वर्ष २०७८/७९ को वासलात, लेखापरिक्षण प्रतिवेदन , आयव्यय विवरण र नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन समेत सभाले पारित गरेको छ।
समिक्षा आर्थिक वर्षमा शेयर पूंजी रु ७८ लाख १५ हजार ६ सय रहेको सहकारीले रु १ लाख २२ हजार ५ सय ४९ मुनाफा आर्जन गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend