सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

धनसार सहकारीको १४औं साधारणसभा सम्पन्न , १७ प्रतिशत लाभांश प्रदान

धनसार सहकारीको १४औं साधारणसभा सम्पन्न , १७ प्रतिशत लाभांश प्रदान

काठमाडौं । धनसार बचत तथा ऋण सहकारी संस्थाको चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष टंकलाल श्रेष्ठको अध्यक्षता र राष्ट्रिय सहकारी महासंघका संचालक टेकप्रसाद चौलागाईंको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो।

साधारणसभाले समिक्षा आर्थिक वर्षको संचित मुनाफाबाट शेयर सदस्यहरुलाई १७ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेका आ. व. २०७८/७९ को संस्थाको वार्षिक प्रगति प्रतिवेदन सभाले छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आ।व।को वासलात,लेखा र सुपरिवेक्षण प्रतिवेदन ,नाफा-नोक्सान हिसाब र नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भएका छन ।

समिक्षा आर्थिक वर्षमा शेयर पूंजी रु १ करोड ४ लाख ५० हजार रहेको यस सहकारीले समयसापेक्ष निति ,विधि र प्रविधिको उपयोग गर्दै जाने क्रममा संस्थाको मोबाइल एपमार्फत सम्पुर्ण कारोवार गर्न मिल्ने व्यवस्था गर्न लागेको अध्यक्ष श्रेष्ठले सभामा जानकारी दिएका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend