सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

जनउद्धार सहकारीले २२औं साधारणसभाबाट प्रदान गर्‍यो १५ प्रतिशत लाभांश

जनउद्धार सहकारीले २२औं साधारणसभाबाट प्रदान गर्‍यो १५ प्रतिशत लाभांश

काठमाडौं । जनउद्धार सहकारी संस्था लिमिटेडले आफ्नो बाइसौँ साधारणसभा सम्पन्न गरेको छ। संस्थाले पौष २ गते शनिबार टेकुस्थित भिभा कन्भेन्सन एण्ड इभेन्टमा सभा सम्पन्न गरेको हो।

संस्थाका अध्यक्ष सागर नेपालको सभापतित्वमा सम्पन्न साधारणसभाले समिक्षा आर्थिक वर्षको संचित मुनाफाबाट शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेका आ व २०७८/७९ को संस्थाको वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आ व को वासलात,लेखा र सुपरिवेक्षण प्रतिवेदन ,नाफा-नोक्सान हिसाब र नगदप्रवाह विवरण लगायतका आर्थिक विवरण पनि सभाबाट पारित भए।

सहकारीको २०७९ असार मसान्तसम्ममा शेयर पूंजी रु ४ करोड १० लाख ५४ हजार ६ सय रहेको छ। यस वर्ष ५ करोड शेयर रकम पुर्याउने संस्थाको लक्ष्य रहेको छ। आव।२०७८/७९ मा यस संस्थाले कुल निक्षेप संकलन रु २२ करोड ८६ लाख १ हजार र कर्जा लगानी रु २४ करोड ५१ लाख १९ हजार गरि रु १ करोड ९ लाख ७३ हजार मुनाफा गर्न सफल भएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend