सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

अहिले दलहरुबीच सहमति र समझदारीको खाँचो छः देव गुरुङ

अहिले दलहरुबीच सहमति र समझदारीको खाँचो छः देव गुरुङ

काठमाडौं १ पुष । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले यो व्यवस्था जोगाउन नसके मुलुकमा अस्थिरता र अराजकता बढ्ने बताएका छन । शुक्रबार सरकार गठन तथा समसामयिक राजनीति विषयमा आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै अहिलेको उपलब्धि रक्षा गर्न आवश्यक भएको बताए ।

उनले भने, ‘अहिले दलहरुबीच सहमति र समझदारीको खाँचो छ । यस्तो अवस्थामा एकले अर्कालाई निषेधको बाटोमा जानु हुँदैन । यो पनि एउटा परिक्षणको रुपमा रहेको छ । एकले अर्कालाई समाप्त पार्ने दिशातर्फ जान थाल्यो भने मुलुक गम्भिर समस्यामा पर्नसक्छ ।’

उनले निर्वाचनको परिणामले अहिलेको व्यवस्थामाथि नै प्रश्न उठाएको बताए । मुलुक संकटमा पुगेको बेलामा दलहरुबीच संवाद र सहकार्य गरेर जानुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘यो निर्वाचनले केही नयाँ दलको पनि उदय भएको छ । ती दलको एजेण्डाबारे बोलेका छैनन् । तर, पुराना दलहरुको केही सीट घटेको छ । नयाँ दल जन्मनुको पछाडि राजनीतिमा केही संकेत देखिएको छ ।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend