सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

जीप दुर्घटनामा एक जनाको ज्यान गयो

जीप दुर्घटनामा एक जनाको ज्यान गयो

कास्की १ पुष । पोखरा महानगरपालिका २५ हेम्जा हनुमान चोकमा गएराति जीप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन्।

जीपमा सवार म्याग्दी मंगला गाउँपालिका १ मजुलाका ४७ वर्षीय गजेन्द्र पुन र तनँहु घर भई हाल पोखरा १० शिवचोक बस्ने ३७ वर्षीया वसन्ती मगर घाइते भएका थिए।

घाइते दुवैको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेकोमा उपचारकै क्रममा बसन्तीको राति सवा २ बजे मृत्यु भएको हो।

गएराति सवा १ बजे ग २ च २६८४ नम्बरको जीप आफैं अनियन्त्रित भई सडक छेउको विद्युतको पोलमा ठक्कर खाएको हो।

चालक फरार रहेकाले खोजिकार्य भइरहेको वडा प्रहरी कार्यालय बगरले जानकारी दिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend