सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

विद्युतिय सामग्री र प्रविधिको प्रदर्शनी भृकुटीमण्डपमा शुरु

विद्युतिय सामग्री र प्रविधिको प्रदर्शनी भृकुटीमण्डपमा शुरु

काठमाडौं, २३ मंसिर । विद्युतिय सामग्री र टेक्नोलोजी को प्रदर्शनी , फिन इलेक्ट्रो टेक २०२२, बिहीबारबाट सुरु भएको छ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा सञ्चालन हुने टेकको अर्थमन्त्री जनार्दन शर्माले उद्घाटान गरेका छन् ।

विद्युतीय क्षेत्रमा आएका नयाँ प्रविधि र नयाँ सामानको विषयमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा विद्युतीय सामानका ७५ वटा स्टलहरु रहेका छन् । कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले उद्योगी, व्यवसायीहरु सडक आन्दोलनमा नभइ उद्योग व्यवसायमा लाग्नुपर्ने बताएका छन् । उद्योगी व्यवसायीहरुका समस्या समाधानको लागि सरकार गम्भीर रहकोभन्दै उद्योगी व्यवसायीहरु सडक आन्दोलनमा नभइ उद्योग व्यवसायमा लागेर उत्पादन बढाउनुपर्ने उनको भनाइ छ ।

तरलता तथा बैंक ब्याजदर वृद्धि लगायत उद्योग व्यवसायीहरुका समस्या समाधानको लागि निजी क्षेत्र, राष्ट्र बैंक, वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सहितको कार्यदल दिएको सुझावका आधारमा काम भइरहेको पनि मन्त्री शर्माको भनाइ थियो । मन्त्रिपरिषदमा निजी क्षेत्रका समस्या समाधान गर्न हस्तक्षप गर्नुपर्ने माग राखेको उनले बताए ।

महासंघका अध्यक्ष सुदर्शन प्रसाद पौडेलले नयाँ प्रविधि र सामग्रीहरुको जानकारी दिनुका साथै एक ठाउँमा धेरै सामान एकै ठाउँमा अवलोकन र खरिद गर्न पाउन भएकाले उपभोक्तालाई सहज हुने बताए । यस्ता प्रदर्शनीहरुले व्यवसायीलाई पनि फाइदा पुग्ने विश्वास लिइएको अध्यक्ष पौडेलको भनाइ छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend