सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रभु बैंक साधारणसभा घोषणा ,सेञ्चुरी बैंकलाई प्राप्तिको प्रस्ताव गरिने

प्रभु बैंक साधारणसभा घोषणा ,सेञ्चुरी बैंकलाई प्राप्तिको प्रस्ताव गरिने

काठमाडौं २२ मंसिर । प्रभु बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले पुस १४ गते साधारण सभा बस्ने निर्णय गरेको हो । सभा बैंकको केन्द्रीय कार्यालय, बवरमहल, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ ।

साधारणसभामा कम्पनीले ६.५०% बोनस सेयर र १.५०% नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा( नोक्सान हिसाब ,नगद प्रवाह विवरण लगायतका विषयमा छलफल गर्ने प्रस्ताव गर्नेछ।

साधारण सभमा आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने तथा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्नेगाभिने र प्राप्ति गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डा रहेको उल्लेख छ ।

बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा छलफल गरी पारित गर्ने तथा संयुक्त प्राप्ति समितिले गरेको निर्णय लगायतका सम्पूर्ण कार्य अनुमोदन गर्ने एजेन्डा पनि राखेको छ। सभाले सेञ्चुरी कमर्सियल बैंकलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्तिका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि रहेको छ ।

सभा प्रयोजनका लागि बैंकले पुस १ गते बुक क्लोज गर्ने तय गरेको छ । अर्थात मंसिर २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend