सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बिहेभोज खाँदा पाल्पामा १३८ विरामी

बिहेभोज खाँदा पाल्पामा १३८ विरामी

काठमाडौं २१ मंसिर । बिहेको भोज खाँदा फूड पोइजन भएर पाल्पामा १३८ जना विरामी भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहेको भोजमा विषाक्त खाना खाएकाहरूमा २४ घन्टापछि बान्ता हुने, पेट दुख्ने जस्तो लक्षण देखिएर विरामी भएका छन्।

प्रभावित क्षेत्रमा हाल प्यूठान र पाल्पाका स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मी खटिएर प्रभावित विरामीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको समेत मन्त्रालयले जनाएको छ।

उक्त घटनामा गम्भीर भएका ७ जनाको अस्पतालमा उपचार गरिएको समेत मन्त्रालयले जनाएको छ। यस्तै प्रभावित क्षेत्रको घर घरमा स्वास्थ्यकर्मी पुगेर पुनर्जलीय झोल बनाएर खुवाइएको मन्त्रालयले जनाएको छ।

भोजमा खाना पकाउन प्रयोग गरिएको पानी सिँचाइका लागि प्रयोग गरिने पानी प्रयोग गरिएको हुँदा हाल पानीको नमूना परीक्षणका लागि पठाइएको समेत मन्त्रालयले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend