सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

दोलखाबाट प्रतिनिधिसभामा माओवादीका गङ्गा कार्की विजयी

दोलखाबाट प्रतिनिधिसभामा माओवादीका गङ्गा कार्की विजयी

दोलखा १९ मंसिर । दोलखाबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका गङ्गा कार्की विजयी भएका छन ।

कार्कीले एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ३ सय १७ को मतान्तरमा हराउँदै विजयी भएका हुन । कार्कीले ३६ हजार ७९९ मत ल्याउँदा एमालेका शिवाकोटीले ३६ हजार ४८२ मत पाए ।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । १६४ निर्वाचन क्षेत्रको मत परिणाम आइसक्दा दोलखाको मात्रै आउन बाँकी थियो ।

त्यस्तै, दोलखा प्रदेशसभा–१ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका कुन्दनराज काफ्ले विजय भएका छन ।

उनले २३ हजार तीन सय ३१ मत प्राप्त गरे भने एमालेका नरबहादुर श्रेष्ठले १५ हजार तीन सय ५६ मत प्राप्त गरेका थिए । प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend